
गुल्मी ।
गुल्मीमा पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन परिक्षण गर्दा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।



थपिनेमा रेसुंगा नगरपालीकामा ३ जना, इस्मा गाउपालीकामा ४ जना, सत्यवति गाउपालीकामा ३ जना, मुसिकोट नगरपालीकामा १ जना,
धुर्कोट गाउपालीकामा १ जना,चन्द्रकोट गाउपालीकामा २ जना र रुरुक्षेत्र गाउपालीकामा १ जना गरि १५ जना रहेको स्वास्थ कार्यालयको कोरोना अपडेटमा उल्लेख गरिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।
जिल्लामा सक्रिय संक्रमितको सङख्या १९६ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।









