
बुटवल ।
रुपन्देहीमा बिगत केही दिन यता कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३१ जनाको नमुना परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो ।



आज थपिएका संक्रमितहरुमा तिलोत्तमा नगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना, बुटवल उपमहानगरपलिका , देवदह नगरपालिका र सैनामैना नगरपालिकामा २÷२ जना र सियारी गाउँपालिकामा १ जना रहेका छन् ।
यस्तै गएको २४ घण्टाको अवधिमा थप ६९ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ३३० रहेको स्वास्थ कार्यालयले जनाएको छ ।
यसैगरी २४ घण्टाको अवधीमा कोरोनाबाट थप ३ जना संक्रमितको मृत्यु भएको छ ।
यो संगै कोरोना संक्रमणका कारण जिल्लामा ४८१ जनाको मृत्यु भैसकेको छ ।









