
राम खड्का ,अर्घाखाँची ।
कोरोना माहामारिको दोस्रो लहरका कारण गएको बैशाख २० गतेदेखि जारी निषेधाज्ञालाई अर्घाखाँचीमा निरन्तरता दिएको छ ।
कोरोना महामारिको जोखिम बाट बच्नको लागि भन्दै जारी गरिएको निषेधाज्ञालाई असार १५ गते सम्म निरन्तरता दिने जिल्ला कोभिड १९ सङ्कट ब्यबस्थापन केन्द्र (डिसिसिएमसी)ले निर्णय गरेको छ ।



जिल्ला कोभिड १९ सङ्कट ब्यबस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमको जोखिम कायमै रहेकाले लकडाउनलाइ निरन्तरता दिने निर्णय गरेको हो ।
असार १ गतेदेखि केही खुकुलो बनाउदै लगिएको लकडाउनलाइ केही खुकुलो बनाउदै असार १५ गते सम्म थप गरिएको छ । दिउँसो १ बजे सम्म खुल्दै आएका पसल तथा ब्यबसायहरु अबदेखि बिहान ५ बजेदेखि दिउसो ४ बजे सम्म खोल्न दिइने भएको छ ।
निषेधाज्ञा को समयमा अति आवश्यक सवारी साधनहरु मात्र चलाउन पाइने छ । दैनिक अति आवस्यक सामाग्री हरुको ढुवानी गर्नको लागि छुट दिइएको छ । सार्वजनिक यातायातका साधन हरु भने चल्न पाउने छैनन् ।
कोरोनाको जोखिम कायमै रहेकाले भिडभाड हुने ठाउँहरु विधालय ,क्याम्पस, शिक्षालय , तालिम केन्द्र ,ब्युटी पार्लर ,शैलुन,होटल तथा रेस्टुरेन्ट ,जिम हल जस्ता भिडभाड हुने ठाउँ भने बन्द नै रहनेछ ।
यसैगरी बैक तथा बित्तीय संघ सस्थाहरु पनि न्युनतम कर्मचारीको उपस्थितमा सन्चालन गर्न पाइने भएको छ । बिकास निमार्णको कार्यको लागि निर्माण स्थलमै बसोबास गर्ने गरि काम गर्न सकिने छ ।
निषेधाज्ञालाई उलंघन गरेमा स्थानीय प्रशासन ऎन २०२८ बमोजिम कर्बाही गरिने बैठक पछि प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल द्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।











