
चुरामणी तिमिल्सीना
गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँ पालिका वडा न ४ मा कृषकहरुलाई सुन्तलाका विरुवाहरु वितरण गरिएको छ ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत केही विशेष क्षेत्रलाई किटान गरि यो अभियान सुरु गरिएको वडा न ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले बताए ।
अध्यक्ष ज्ञवालीले वडा न ४ मा आफुहरु जनप्रतिनिधि भएर आए पछी विशेष प्राथमिकता साथ वडालाइ सुन्तलाको नाम बाट परिचित गराउन लागि परेको भन्दै यो बर्षपनि किसानहरुको लागी वडाबाट २४ लाख र पालिकाबाट २४ लाख गरि ४८ लाखको कार्यक्रम अनुसार बिरुवाहरु आबस्यक उपकरणहरु तथा मलहरु उपलब्ध गराइएको छ ।



वडाका ज्ञवा, आररनटोला , थप्लुङ, रानिबास, नुनथला काब्रे हुदै मुसिडाडामा यो कार्यक्रम सन्चालन गरिएको छ ।
पालिकाले १ वडा १ उत्पादन पकेट क्षेत्र कार्यक्रम सन्चालन गर्दा किसानहरुलाइ प्रत्यक्ष फाइदा पुगेको छ । वैदेशिक रोगाजारीमा होमिएमा युवाहरु राहादानिलाइ त्याग्दै सक्रिय रुपमा समुह बनाइ काम गरिरहेको देख्दा खुसी लागेको वडा सदस्य मोति श्रेष्ठले बताए ।
यसरी सुन्तला पकेट क्षेत्र आगामी ३ बर्ष पछी भ्रमण गर्न मिल्ने खालको बनाउन किसानहरुलाई प्राबिधिक सल्लाह पनि दिइएको छ ।









