ट्रेन्डिङ

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

नितिकथा : बालक ध्रुवले कसरी पाए ध्रुवलोकमा गएर बस्ने अवसर


पाठमाडौं ।
‘ओर्ली ! ओर्ली ! ओर्लिहाल् ! तैँले महाराजको काख पाउँदैनस् ।’ बाबु उत्तानपादको काखमा बस्न गएका ध्रुवलाई कान्छी आमा सुरुचिले गलत्याउँदै भनिन्–

‘बाबुको काख पाउन मेरो कोखबाट जन्मनुपर्थ्यो । जन्मने बेला उहाँलाई मन नपर्ने जेठीको कोखबाट जन्मने अनि अहिले आएर काखको अधिकार खोज्ने ? सात जन्मसम्म त्यो अधिकार पाउँदैनस् बुझिस् । बाबुको काख ताक्ने भए मेरो कोखबाट जन्मेर आउनुपर्छ ।’

कान्छी आमाको कुरा सुनेर ध्रुव छक्क परे । बाबुले केही भन्छन् कि भनेर उनको मुखमा हेरे तर उनले पनि एक शब्द बोलेनन् । न सुनेको जस्तो गरी हेरी मात्र रहे । उनले कान्छी महारानीलाई यसरी टाउकोमा चडाएर राखेका थिए कि, जसको बिरुद्ध जाने हिम्मत उनमा थिएन ।

त्यसपछि बालक ध्रुवले रुँदै आमा सुनीतिको पासमा गएर भने–

‘आमा ! कान्छी आमाले भन्नुभएको मैले बाबाको काखमा बस्न पाउँदिन रे हो ? भाइ उत्तम (कान्छी आमाको छोरा, जो उनीभन्दा केही कान्छा थिए) बाबाको काखमा बसेको देखेर गएको थिएँ तेरो अधिकार छैन भन्दै गलत्याइन् ।’

छोराको कुरा सुनेर आमा सुनीतिलाई नरमाइलो लाग्यो । उत्तर उनीसँग पनि थिएन । महाराज उत्तानपादको जेठी महारानी भएर पनि दरवारभित्रै एक किसिमले दासीको जस्तो जीवन व्यतीत गर्दै आएकी थिइन् । उनले सुक्कसुक्क गर्दैै भनिन्–

‘भयो बाबु ! छाडिदेऊ । तिम्रोे कान्छी आमाको स्वभाव नै त्यस्तै छ । उनको कुरा सुनेर चित्त न दुखाऊ ।’

आमाको कुरा बुझ्न नसकेर ध्रुवले अकमकाउँदै भने–

‘…तर बाबाले त त्यस्तो नगर भन्नुपर्ने हो नि ? किन उहाँले पनि नदेखेको जस्तो गर्नुभएको त आमा ?’

बिचरी सुनीति धर्मसङ्कटमा परिन् । सानै थिए, अबोध थिए । के भनेर सम्झाउने पाँच वर्षका बालक छोरालाई । तैपनि सम्झाउने प्रयास गर्दै भनिन्–

‘कुरो अर्कै छ बाबु तिमी बुझ्दैनौ । ठूलो भएपछि आफैँ बुझ्दै जानेछौ । अहिलेलाई यति बुझ बाबाको काख नपाउँदैमा के फरक पर्छ र । मानिसले फरक गर्दैमा केही हुँदैन । भगवान्ले त्यस्तो नगरुन्, वश त्यति भए पुग्छ ।’

आमाको कुरा सुनेर ध्रुव थप अलमलमा परे । बालोचित व्यवहार प्रस्तुत गर्दै भने–

‘तपाईँले भन्नुभएको भगवान् को हो आमा ?’

‘उनी भनेका हामी सबैको बाबा र आमा दुवै हुन् बाबु ! सबैको भलो गर्छन्, कल्याण गर्छन्, दीनदुखीलाई सहयोग गर्छन् ।’

‘त्यसो भए कहाँ बस्छन्, कहाँ छन् नि ?’

‘जहाँ पनि बस्छन्, जहाँ पनि छन् बाबु !’

‘जहाँ पनि भए किन देखिँदैनन् त ?’

‘खोज्नुपर्छ देखिन्छन्, फेला पर्छन् !’

‘खोज्नलाई के गर्नुपर्छ नि आमा ?’

‘तपस्या गर्नुपर्छ बाबु !’

‘अनि त्यो तपस्या भनेको के हो र कसरी गर्ने हो तपाईँलाई थाहा छ ?’

‘गाह्रो छ बाबु ।’

‘किन मैले गर्न सक्दिन र ?’

‘सानै छौ, सक्दैनौ ।’

‘गह्रौँ हुन्छ हो ?’

‘गह्रौँ त हुँदैन ।’

‘त्यसो भए बिदा दिनुस्, अहिले नै तपस्या गर्न जान्छु ।’

‘त्यसै भन्छौ भने जान सक्छौ, मेरो आशीर्वाद तिम्रो साथमा छ । सफलता मिलोस् ।’

आमाको आज्ञा लिएर ध्रुव तपस्या गर्न जङ्गलतर्फ लागे । उनको मनमा भगवानलाई पाएरै छाड्छु भन्ने अठोट थियो । उनी कान्छी आमाको वचनबाट नराम्ररी घाइते बनेका थिए । जसरी भए पनि उनको मेख मारेरै छाड्छु भन्ने निधो गरेका थिए ।

ध्रुवको अवस्था देखेर नारदजीलाई दया लाग्यो र परीक्षा गर्ने विचार गर्दै आएर भने–

‘ए बाबु ! पख पख ! कता हिडेँका जङ्गलमा एक्लै यसरी ?’

‘तपस्या गर्न हिँडेको, के तपस्या गर्न पनि साथी चाहिन्छ र ?’

‘साथी त चाहिन्न तर पहिले यो त बताऊ कसको तपस्या गर्ने विचार गरेका छौ ?’

‘भगवान्को नि अरु कसको ।’

‘गाह्रो हुन्छ तपस्या गर्न, सानै छौ, सक्छौ त ?’

‘गह्रौ भारी उचाल्नुपर्ने हो र नसक्ने ?’

‘गह्रौ हुन्छ भन्ने खोजेको होइन । नियममा त बस्नुपर्छ नि ।’

त्यो त कुन ठूलो कुरा भयो र ।’

‘एक्लै छौ, जङ्गलमा बाघभालुको डर हुन्छ, के गर्र्र्छाै ?’

‘कहाँ एक्लो छु ।’

‘को छ त साथमा ?’

‘आमाको आशीर्वाद छदैछनि ।’

ध्रुवको कुरा सुनेर नारदजी खुसी भए । मार्गदर्शन गराउनु उपयुक्त लाग्यो र सम्झाउँदै भने–

‘ठीकै छ त्यसो भए रोक्दिन तर तपस्या किन गर्न खोजेका हौ त्यो चाहिँ बताउनुपर्छ ।’

‘किनकि मलाई भगवानसँग कान्छी आमाको मेख मारेर बाबुको काखमा पाउने आशीर्वाद माग्नु छ ।’

‘के बदला लिन खोज्दै छौ ?’

‘हो, त्यस्तै बुझ्नुस् ।’

‘त्यसो भए कान्छी आमा र तिमीमा के फरक भयो र ?

‘उनले गरेको अपमान पनि सहेर बसुँ त ।’

‘होइन, त्यसो होइन ।’

‘के हो त ?’

‘यसबाट बढी भए बाबुको काखसम्म पाइएला त्यस्तै परे त्यो पनि कुन्नि तर सट्टामा भगवान्लाई नै माग्यौ भने सबैथोक पाउन सक्छौ ।’

‘ओ हो ! त्यसो हो भने त्यसै गर्छु, मार्गदर्शन पाऊँ ।’

त्यसपछि नारदजी ध्रुवलाई तपस्या गर्ने स्थान र तरिका बताएर आफ्नो बाटो लागे । उनी सोही अनुसार तपस्या गर्न थाले ।

उनको तपस्याबाट भगवान् सन्तुष्ट भई आएर वरदान माग्न आग्रह गरे । उनले नारदले बताए अनुसार हजुरलाई पाउन चाहन्छु भने । त्यसपछि भगवान् मलाई मात्र होइन बाचुन्जेल राज्यसुख भोग गरी मरेपछि ध्रुवलोकमा गएर बस्न पाउने छौ भन्ने आशीर्वाद दिएर आफ्नो लोकतिर लागे ।

यसैका कारण उनले लामो समयसम्म बाबुको राज्य गर्ने अवसर मात्र पाएनन् आयु सकिएपछि ध्रुवलोकमा गएर बस्ने अवसरसमेत पाएका थिए । भनिन्छ, अहिले पनि उनी आकाशमा ध्रुव ताराको नामले जीवित छन् । कमल रिजाल

सम्बन्धित खवर