
काठमाडौं ।
गएको २४ घण्टामा देशभर दुई हजार चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सात हजार चार सय ६१ जनाको आरटी÷पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा र चार हजार नौ सय ५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नौ सय १० जना गरी दुई हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



नेपालमा आज ५० हजार पाँच सय २० जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै यो अवधिमा कोरोना सङ्क्रमणका कारण ५२ जनाको ज्यान गएको र विभिन्न समयको थप २९ जना गरी ८१ जनाको ज्यान गएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








