
दाङ ।
दाङमा खहरे खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।
खहरे खोलाले बगाउँदा लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरका ३५ वर्षीय मणिराम चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालका अनुसार खहरे खोलाले बगाउँदा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
बुधवार दिउँसो पौने ५ बजेतिर कामबाट फर्किने क्रममा उनलाई खोलाले बगाएको थियो ।









