
पाल्पा ।
पाल्पामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।



तिनाउ गाउँपालिका–३ झुम्सास्थित पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिँदा बर्दियाको बासगढी नगरपालिका ६ निवासी ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि बस्ने सोही स्थानका ३० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका हुन् ।
दुबै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा डाँगीको मृत्यु भएको पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
घाइते चौधरीको भने अवस्था सामान्य रहेको छ । उनीहरु दुवैजना झुम्सा चौकी भञ्ज्याङमा सडक निर्माणको कामका लागि बर्दियाबाट पाल्पा आएको जनाइएको छ ।









