
बुटवल ।
बुटवल उपमहानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ५३ करोड २ लाख ४५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोरोना महामारीको रोकथाम, नियन्त्रण र रोजगारीलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको हो । जुन गत वर्षको बजेटभन्दा ५२ करोडले बढी हो ।



बजेटमा चालुतर्फ ३९.७७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्च ५९.९८ प्रतिशत छ ।
जसमा आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख, राजस्व बाडफँडबाट २५ करोड ५७ लाख ६८ हजार, ऋणबाट ५ करोड बजेट व्यवस्थापन गरिएको छ । बजेटको धेरै रकम स्वास्थ्य क्षेत्र सुधार र पूर्वाधार विकासमा छ ।
उपप्रमुख गुमादेवी आचार्यले महामारी र विपद्बाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने र रोजगारीमा जोड्नेगरी बजेट तयार गरेको बताइन् ।
गत वर्षभन्दा यसवर्ष शिक्षा, सामाजिक विकास र पूर्वाधारमा धेरै बजेट छ ।









