
गुल्मी ।
करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु भएको छ ।
सत्यवती गाउँपालिका वडा नम्बर –१ अस्लेवाचौरका ३७ वर्षीय यमलाल कुँवरको करेन्ट लागेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।



आफ्नै घरमा जडान गरिएको विधुत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको रिडी प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।









