
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १८५ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।



स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा ७ जना ,बुटवल उपमहानगरपालिकामा ५ जना, देबदह नगरपालिकामा ४ जना ,सैनामैना नगरपालिकामा २ जना ,सिद्धार्थनगर नगरपालिका, ओमसितया गाउँपालिका, कञ्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।
जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या २०० रहेको छ । रुपन्देहीमा अहिलेसम्म ४८२ जनाको कोरोना संक्रमणका कारण ज्यान गैसकेको छ ।









