
पाल्पा ।
पाल्पामा जारी निषेधाज्ञा पुनः असार २२ गतेसम्म लब्याइएको छ ।
कोरोना संक्रमण घट्दै गए पनि तेस्रो भेरियन्टको हल्लालाई ध्यानमा राखी निषेधाज्ञा पुनः थपिएको हो ।



जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबार बसेको बैंठकले १० दिन निषेधाज्ञा थप गरिएको जनाएको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाँचौ पटक थप गरिएको हो । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ ।
बैंठकले होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, बाहेक अन्य पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
यस्तै यस अघि बैंक तथा वित्तिय संस्थाहरु विहान ७ बजेदेखि ११ बजेसम्म खुल्दै आएकोमा समय बढाएर १० बजेदेखि ५ बजेसम्म खुल्न दिने निर्णय भएको छ ।
पुस्तक पसलहरु,दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु यस अघि खुल्दै आएकोमा अबदेखि होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर बाहेक अन्य सबै पसलहरु दैनिक ५ घण्टा खोल्न दिइने छ ।
यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु बाहेक अन्य निजी तथा सार्वजनिक यातायातमा भने रोक लगाइएको छ ।









