
काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय (विश्व फुटबल महासंघ) फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ।
फिफाले आज निकालेको महिलाको नयाँ बरियतामा नेपालले एक स्थान सुधार गरेको हो। एक सय एक औं स्थानमा रहेको नेपालले एक स्थान सुधार गर्दै नयाँ बरियतामा १०० औं स्थानमा उक्लिएको छ।



एसियाली बरियतामा भने नेपाल २१ औं र दक्षिण एसियाली राष्ट्रको बरियतामा दोस्रो स्थानमा छ।
नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ। विश्व बरियतामा अमेरिका पहिलो स्थानमा रहँदा जर्मनी दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ।
यस्तै नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा छ। यसैगरी इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं,क्यानडा आठौं,अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छ।








