
काठमाण्डौ ।
कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ ।
गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।



काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो ।
पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई २२ गतेदेखि दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।
खोपको दोस्रो मात्राका लागि पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ ।








