
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको अवस्था हेरेर मात्रै कक्षा–१२ को परीक्षाबारे निर्णय लिने भएको छ।
कोरोनाले रोकिएको परीक्षाबारे तत्काल केही निर्णय नलिने बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताएका छन्।



अहिले पनि कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै उनले भने, ‘अहिलेसम्म परीक्षाबारे केही छलफल भएको छैन।’
प्रश्नपत्र छापेर तयारी अवस्थामै राखेको जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणका कारण साढे चार लाख विद्यार्थीको परीक्षा रोकिएको छ।
एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएको छ।








