
दाङ ।
खोलाले बगाउँदा दाङमा शनिबार दिउँसो एक महिला बेपत्ता भएकी छन्।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ११ शिबपुरकी अन्दाजी ५२ वर्षीया मिना भण्डारीलाई स्थानीय बगाले खोलामा आएको बाढीले दिउँसो सवा २ बजेतिर बगाएपछि बेपत्ता भएकी हुन्।



भण्डारीलाई जितपुरदेखि शिवपुरस्थित आफ्नो घर जाने क्रममा खोलामा आएको बाढीले बगाएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बेपत्ता भण्डारीको खोजीको लागि प्रहरी खटिएको जानकारी दिए ।









