
गुल्मी ।
माछा मार्ने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका– ४ सिमाघाट खोलामा माछा मार्ने क्रममा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।



शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको प्रहरीको भनाई रहेको छ ।









