
वीरगंज ।
चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु भएको छ।
पर्साको जिरा भवानी गाउँपालिका वडा नम्बर ३ जितपुर टोल बस्ने ६५ वर्षीय वृद्ध राजेश्वर साह तेलीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।



शनिवार बिहान साढे ७ बजे खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।








