
काठमाण्डौ ।
गएको २४ घण्टामा नेपालमा एक हजार नौ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
६ हजार जनाको आरटी÷पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ जना र तीन हजार आठ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



आज सङ्क्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३३ हजार ६ सय ७९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२ हजार ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ पुगेको छ ।








