
जनकपुरधाम ।
चट्याङ लागेर महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जिल्लाको मनरासिस्वा नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।



मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् ।
८० वर्षीय रायको भैंसी चराउन जाँदा र ५९ वर्षीया प्रेमशिलाको खेतमा मल छर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको घट्नास्थलमै मृत्यु भएको हो ।
यस्तै, मनरासिस्वा नगरपालिका वडा नम्बर ४ मै चट्याङ् लागेर एक जना घाइते भएका छन् ।
भैंसी चराउन गएकी स्थानीय कारी यादवकी १२ बर्षीया छोरी आशा कुमारी घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।








