
बुटवल ।
राष्ट्रिय परीक्षा बोर्डको प्रवेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशले कक्षा–११ को वार्षिक परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
कार्यालय लुम्बिनी प्रदेशले सोमबार एक सूचना जारी गरी कोरोनाले रोकिएको परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।



‘विद्यार्थीको रजिष्टेशन नम्बर अनुसारको कायम गरी परीक्षा बोर्ड सानोठिमी भक्तपुरद्वारा जारी भएको कक्षा ११ को परीक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार कक्षा–११ को वार्षिक परीक्षा सञ्चालन गर्नुहुन जानकारी गराइन्छ,’सूचनामा भनिएको छ।
स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न पनि लुम्बिनी प्रदेशले अनुरोध गरेको छ।










