
बुटवल ।
रुपन्देहीमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।
जारी निषेधाज्ञालाई थप खुकुलो बनाउदै एक सतातको लागी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।



थपिएको निषेधाज्ञामा सार्वजनिक यातायात जोर–विजोर प्रणालीमा चल्न पाउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले व्यवसाय सञ्चालन खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
बैठकले पसल तथा व्यवसायहरुलाई विहान ११ बजे देखि साँझ ६ बजे सम्म संचालन गर्न दिने निर्णय गरेको छ ।
थपिएको निषेधाज्ञामा सार्वजनिक यातायातलाई सञ्चालन दिने र सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले असार १ गते देखि निषेधाज्ञा लाई केहि खुकुलो बनाउदै लगेको हो । यथपी अन्य सार्वजनिक मापदण्डको हकमा भने यसअघि नै लिइएका निर्णयहरु कार्यान्वयन हुने प्रजिअ तामाङले बताए ।









