
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको नमुना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो ।



संक्रमण पुष्टी भएका मध्ये बुटवल उपमहानगरपालिकामा १४ जना,तिलोत्तमा नगरपलिकामा ९ जना , कञ्चन गाउँपालिकाका ३ जना , देबदह नगरपालिका , सैनामैना नगरपालिका र रोहिणी गाउँपालिकामा २–२ जना, शियारी, ओमसतिया, सुद्धोधन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १–१ जना रहेका छन् ।
स्वास्थ कार्यालयका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यस्तै २४ घण्टाको अवधि र छुटेको केही विवरण गरि कोरोनाबाट थप ५ जना संक्रमितको ज्यान गएको छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणका कारण ४८७ जनाको ज्यान गईसकेको छ ।
जिल्लामा अहिले कोरोनाका संक्रिय संक्रमितको संख्या २१५ रहेको छ ।









