
बुटवल ।
नेपाल बाल संगठन रुपन्देहीद्वारा सञ्चालित बाल मन्दिर बुटवलमा अध्ययनरत २५ जना बालबालिकाका परिवारलाई सोमबार राहत सामग्री प्रदान गरेको छ ।
बाढी र कोभिडबाट प्रभावित तिनाउ नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका २५ परिवारलाई सहयोग स्वरुप राहत सामग्री प्रदान गरिएको बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले जानकारी दिए ।



राहत वितरण गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालले संस्थाले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गरे ।
बाल संगठनले राहत स्वरुप प्रति परिवार २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, दुई केजी नुन लगायत खाद्य सामग्री रहेको छ ।









