
वीरगञ्ज ।
पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन् । पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन् ।
पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।



गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा पौने ३ बजे बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजीकार्य भै –रहेको प्रहरीले जनाएको छ ।








