
काठमाडौं ।
निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको सिरियल नियमित हुने भएको छ ।
सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् । ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल पोखरामा सुटिङ गरेका छौ’ निर्देशक श्रेष्ठले भने ‘अबदेखि सिरियल नियमित हुन्छ ।’



राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहँदै आएको छ ।
योगेश काजीको संगीत रहेको श्रृङ्खलामा राहुल राई र घनश्याम पोखरेलको छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् ।








