
बाँके ।
भेरी अस्पताल नेपालगञ्जमा कार्यालय समय (डिउटी) मा खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनाको छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि अध्ययन सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमवार बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि अध्ययनको क्रममा रहेको जानकारी दिँदै तत्कालै कार्यान्वयन गरिने बताए ।



प्रतिवेदनमा भेरी अस्पतालमा भएको घटनाबाहेक अस्पतालको समग्र व्यवस्थापन सुधार गर्न जनशक्ति आवश्यकताअनुसार थप गर्नुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा गठित छानबिन समितिले चार दिनमा प्रतिवेदन तयार पारेर बुझाएको हो ।









