
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा पीसीआर परीक्षणमा १ सय १२ र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



३ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ६१ जना,रैनादेवी छहराका ३६ जना,माथागढी, पूर्वखोला र रम्भाका २/२ जना, बगनासकालीका ४ जना ,तिनाउका १ जना , र रिब्दीकोटका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा २७ जना नयाँ संक्रमित देखिएका छन् । १ सय ३९ जनाको परीक्षण गरिएकोमा महिला १३ र पुरुष १४ जनामा संक्रमण देखिएको हो । जसमा रामपुरका ८ जना , पूर्वखोला र बगनासकालीका २/२ जना , रैनादेवी छहरा, रम्भा र रिब्दीकोटका १/१ जना , तिनाउ र तानसेनका ९/९ जना रहेका छन् ।
मंगलबार जिल्लामा १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७५ महिला र ८० जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९० पुगेको छ ।
अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक हजार एक सय १७ रहेको छ । अहिलेसम्म जिल्लामा एक हजार ४९ जना होम आइसोलेसनमा रहेका छन् भने ६८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।









