
नवलपरासी ।
पश्चिम नवलपरासीमा कुटपिटबाट एक जनाको मृत्यु् भएको छ। पश्चिम नवलपरासीको बर्दघाट–१२ भटौलियाका ५५ वर्षीय क्षेदि गोसाईको कुटपिटबाट मृत्यु भएको हो।
कुटपिटबाट घाइते भएका गोसाईको बुटवलस्थित तिनाउ अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको बर्दघाट–१२ का अध्यक्ष मान बहादुर मल्लले जानकारी दिए।



जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार मंगलबार भटौलियाका ६० वर्षका विष्णु आचार्यसँग गोसाईको सामान्य बिवाद हुँदा आचार्यले लाठी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
गोसाईलाई चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल लगेर टाउकोमा सात वटा टाँका लगाइएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि तिनाउ अस्पतालमा पठाइएको थियो। कुटपिट गर्ने आचार्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









