
उर्मिला यादव यात्री/रुपन्देही ।
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले विहिबारपनि राहत बितरण कार्यलाई निरन्तरता दिएको छ ।
संस्थाले बिहीबार १६ घर परिवारलाई राहत बितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाले अभियान नै संचालन गरी राहत बितरण गरेको हो ।



मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा आज सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ६ भित्र रहेका अति बिपन्न १६ घर परिवारलाई पाच किलो चामल , एक पोका नुन, एक पोका सोयाबिन , आलू ,प्याज लगायत बिभिन्न खाद्यन्न सामग्री बितरण गरिएको खाद्यान्न सहयोग अभियानका अभियानकर्मी हीना तिवारीले जानकारी दिए ।
बि.स.२०७१ सालमा स्थापना भएको मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ बिगत एक हप्ता देखि नै खाद्यान्न सहयोग अभियान सुरु गरेर खाद्यन्न बितरण गर्दै आएको छ । आज सम्म ३१ घर परिवारलाई खाद्यन्न सामग्री बितरण गरीएको छ ।
खाद्यन्न बितरण कार्यक्रममा नमुना एकीकृत बिकास परिषदका अध्यक्ष ज्ञानु पौडेलले आज दश घर परिबारलाई पुग्ने खाद्यन्न सामग्री सहयोग गर्नु भएको युवा समाजसेवी तथा केन्द्रका अध्यक्ष एवम अभियानका संचालक उपाध्यायले जानकारी दिए ।
खाद्यन्न बितरण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक अखिलेश्वर शुक्ला, अभियानकर्मी हिना तिवारी, बाल गोबिन्द हरिजन , बिनय यादव ,मनिता कुर्मी र अकलेश यादव लगायतको सहभागिता रहेको थियो ।









