
दाङ ।
दाङमा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार एक वृद्ध अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ४ भकारे निवासी ८४ वर्षीय रामु केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।



केसीलाई प्रहरीले बिहीबार बिहान साढे १० बजे पक्राउ गरेको जनाएको छ। उनलाई अदालतले २०७६ मंसिर २६ गते जबरजस्ती मुद्दामा दोषी ठहर गदै ७ वर्ष ५ महिना ८ दिन कैद २ लाख २५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो।
फरार हुँदै आएका केसीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
उनलाई सजाय भुक्तानीका लागी बिहीबार दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।









