
अर्घाखाँची ।
कोरोना संक्रमणको दोस्रो लहरका कारण अर्घाखाँचीमा जारी निषेधाज्ञालाई लम्बाईएको छ ।
मंगलवार बसेको जिल्ला कोभिड –१९ संकट व्यावस्थापन केन्द्र (डिसिसिएमसी )को बैठकले गत बैशाख २० गते बाट जारी निषेधाज्ञालाई थप गरि जेष्ठ ३१ गतेसम्म लागु गर्ने निर्णय गरेको हो ।



बैठकले गरेको निर्णय सहितको विहिबार सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्म थप गरिएको जानकारी गराएको छ ।
निषेधाज्ञाको समयमा अति आवश्यक बाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ ।
दैनिक उपभोग्य बस्तुहरुको क्रितिम अवाभ सिर्जना गरे वा कालोबजारी गरेमा संक्रामक रोग ऐन अनुसार कारर्वाही गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।









