
रोल्पा ।
रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन् ।
गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् ।



गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।
’सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा जबर्जस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्’, प्रहरी नायब उपरीक्षक सुवेदीले भने।
सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै जघन्य अपराध भएकाले प्रहरीले अत्यन्तै संवेदनशील भई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।









