
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
१ सय ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा १८ जना महिला र ३२ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



थपिएका संक्रमित मध्ये तानसेनका २४ जना , रैनादेवी छहराका १८ जना , रम्भाका ७ जना र बगनासकालीका १ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ७१ पुगेको छ । ८ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने ६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८० संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४१ महिला र ३९ जना पुरुषले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।









