
बागलुङ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौर क्षेत्रमा एकै पटक धेरैजनामा कोभिड–१९ संक्रमण भेटिएपछि केही टोल ‘सिल’ गरिएको छ ।
उपल्लाचौरको डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा १ सय भन्दा बढी संक्रमित भएपछि स्थिति नियन्त्रणका लागि ‘सिल’ गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।



खनालका अनुसार श्रीनगरटोलदेखि डुंडुंगा जाने सडकको बस्तीमा मात्रै २५ घरमा ४० बढी संक्रमित रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नगरप्रमुख जनकराज पौडेल, वडा अध्यक्ष ध्रुवबहादुर केसी, स्थानीय सामाजिक अगुवा समेतको छलफलपछि ती क्षेत्र ‘सिल’ गरिएको हो ।
‘सिल’ गरिएको क्षेत्रमा कोही पनि छिर्न नपाउने गरी चौबिसै घण्टा प्रहरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।









