
काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ।



जसबाट ३ हजार २४ जनामा संक्रमण भएको र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणबाट ४ सय ५५ जनामा संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा (कोभिड–१९) कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजारभन्दा तल झरेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय १७ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उही अवधिमा ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार आठ सय ९८ पुगेको छ ।








