
अर्घाखाँची ।
अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वडा न १२ पिरापानीका ४७ वर्षिय विष्णु गैरको करेन्ट लागेर ज्यान गएको हो ।



घरको मिल सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा
उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।









