
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा १ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
१ सय ८९ जनाको पीसीआर परीक्षणमा ८० जना र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा संक्रमण पुष्टीभएका मध्ये २६ जना महिला र ५६ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



जसमध्ये तानसेनका १४ जना, माथागढीका ३४ जना , रामपुरका ९ जना , रैनादेवी छहराका ३ जना , रम्भाका ५ जना , बगनासकालीका २ जना , तिनाउका १२ जना र रिब्दीकोटका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएका मध्ये १९ जना महिला र ६ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका ७ जना र निस्दीका १८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा थप ६० जना संक्रमित निकको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २२ महिला र ३८ जना पुरुष निको भएका हुन् ।
अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ९ सय १६ रहेको छ । जसमध्ये ८ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।









