
बुटवल ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
२६१ जनाको कोरोना परीक्षण गर्दा उक्त सङख्यामा संक्रमित भेटिएको स्वास्थ कार्यालय रुपन्देहीले जनाएको छ ।



स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज तिलोत्तमा नगरपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बुटवल उपमहानगरपालिकामा ९ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना,सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा र रोहिणी गाउँपालिकामा ४/४ जना, शुद्धोधन गाउँपालिकामा ३ जना र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८३ पुगेको छ । जसमध्ये २५ हजार ४७२ जना निको भएका छन । पछिल्लो २४ घण्टाको अवधिमा ३०२ जना कोरोनाबाट मुक्त भएका छन् ।
हाल जिल्लामा १ हजार १६१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५० पुगेको छ ।









