
काठमाडौं ।
सामाजिक सञ्जाल दुरुपयोग गरेर विभिन्न व्यक्तिहरुको भिडियो बनाउने भिडियो पोष्ट गर्ने लगायतका गैरकानुनी कार्यहरु गर्नेलाइ प्रहरीले कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
सोमबार नेपाल प्रहरीको साइबर व्यूरोले एक विज्ञिप्ति जारी गर्दै सार्वजनिक नैतिकता र शिष्टचार विरुद्ध कार्य गर्ने जो कोहीलाई कारवाही गरिने जनाएको हो ।



व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले कतिपय सूचनाको निरन्तर अनुसन्धान भैरहेको र कतिपय सूचनालाई कारवाहीको दायरामा ल्याएको जनाउँदै
यस्तो अश्लिल र गैरकानूनी कार्य बन्द गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फ कसैको चरित्र हत्या गर्ने र अनाधिकृत रुपमा भिडियो बनाएर दुरुपयोग गर्नेहरुलाई विद्युतीय कारोवार ऐन २०६३ बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।








