
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
२ सय जनाको पीसीआर परीक्षण गरिएकोमा ६१ जनामा संक्रमण देखिएको छ । जसमा २५ जना महिला र ३६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



थपिनेमा तानसेनका ६ जना , माथागढीका २२ जना , रैनादेवी छहराका १ जना , तिनाउका २ जना र रिब्दीकोटका ३० जना रहेका छन् ।
यस्तै एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना महिला र ७ जना पुरुष रहेका छन् । थपिएका मध्ये पूर्वखोलाका ११ जना र तानसेनका १ जना रहेका छन् ।
त्यस्तै १ सय ६ जना संक्रमित संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५३ जना महिला र ५३ जना पुरुष निको भएका हुन् ।
पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ८ सय ८३ रहेको छ । संक्रमित मध्ये ८ सय २६ जना होम आइसोलेसनमा र ५७ जनाको विभिन्न अस्पतालमा उपचारत रहेको स्वास्थ कार्यालयले जनाएको छ ।









