
बुटवल ।
लुम्बिनी प्रदेश सरकारको अगामी आर्थिक बर्षको निति तथा कार्यक्रम भोली मंगलबार सार्वजनिक हुने भएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम मंगलबार दिउँसो ४ बजे सार्वाजनिक गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।



यस्तै प्रदेश सरकारले कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थप्ने निर्णय समेत गरिएको छ ।
मन्त्रीपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछी रकम थप गरेको प्रवक्ता चौधरीले जनाए ।
दोस्रो भेरियन्ट आईसकेपछि १०/१० करोड गरि २० करोड बिनियोजन गरिसकेको उनले जानकारी दिए ।









