
काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार ९ सय ८५ जनाको कोरोना परीक्षण गरिएको थियो।



कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या हालसम्म ९ हजार एक सय ४५ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
चार हजार १७ जना भने कोरोनामुक्त भएका छन्।
पछिल्लो समय कोरोना सङ्क्रमण निको हुनेहरू बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेर ३१ हजार तीन सय ६८ मा झरेको छ ।
अहिले निको हुने दर ९३ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।








