
चितवन ।
चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।



अधिकारी अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा चेपाङ पुरिएका थिए।
यस्तै राप्ती नगरपालिका–१२ मा पहिरो जाँदा एकै घरका तिनजना बेपत्ता भएका छन् भने एकजनाको लाश भेटिएको एसपी अधिकारीले बताए ।
यस्तै दास ढुंगामा नजिकै ठूलो ढुंगा खस्दा पुनः सडक अवरुद्ध भएको उनले बताए ।








