
एजेन्सी ।
अमेरिकामा अत्यधिक गर्मीका कारण ६० जना बढीको मृत्यु भएको छ ।
अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा अत्यन्तै गर्मी भएको कारण ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो ।



अमेरिकाको ओरेगन राज्यमा गत शुक्रवारदेखि हाल सम्म ६३ जनाको ज्यान गै सकेको राज्य अधिकारीले जनाएका छन् ।
त्यस मध्ये मृत्यु हुने ४५ जना पोर्टल्याण्डको मुनोमा काउन्टीमा मात्र परेको जानकारी काउन्टी का अधिकारीले बताएका छन् ।
उसो त तापक्रम अत्यधिक वृद्धि संगै अस्पताल आउनेको संख्यामा वृद्धि भएको छ ।









