
कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका चप्परगाउँमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।



वाणगंगा–८ चप्परगाउँमा शुक्रबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च ८०९८ नम्बरको स्कारपियो दुर्घटना भएको हो।
चार जना सवार स्कारपियोमा बिमल अधिकारी पनि घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए। अरुको स्वास्थ्यस्थिति सामान्य रहेको छ।









