
खोटाङ ।
पुरानो घर भत्किएर थिच्दा शुक्रवार खोटाङमा एक किशोरको ज्यान गएको छ ।
हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङका रमेश सार्कीका १४ वर्षीय छोरा राजकुमार सार्कीको पुरानो घर भत्किएर थिच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



बसोबास गर्न छाडिसकिएको घरभित्र पसेर खेल्ने क्रममा भत्किएर थिच्दा १४ वर्षीय किशोरको घट्नास्थलमै ज्यान गएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
उनीसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन् ।








