
काठमाडौं ।
सरकारले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ।
नेपाल आयल निगमले मंगलबार साँझ एक सूचना प्रकाशित गरी गए राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको जनाएको छ।



अब ग्यासको खुद्रा मूल्य १ हजार चार सय २५ रुपैयाँ पुगेको छ।
यस्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको निगमले जनाएको छ।
अब पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर प्रतिलिटर ८४ रुपैयाँ पु¥याएको छ।









