
काठमाण्डौ ।
केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रिय भएको छ ।
गएराति गण्डकी, लुम्बिनी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।



आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा ठूलो पानी पर्नेछ । प्रदेश–१ मा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
५० देखि एकसय मिलिमिटर वर्षालाई भारी वर्षा र एक सय मिलिमिटरदेखि माथिको वर्षालाई अति भारी भनेर मापन गर्ने गरिन्छ ।
दिउँसो प्रदेश–१ मा मात्रै अति भारी वर्षाको सम्भावना रहे पनि राति भने यो प्रदेशसहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश–२ मा नै अति भारीको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।
अबको दुई/तीन दिन नै ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम छ ।
यसपालि औसतभन्दा धेरै पानी परेको पनि मौसमविद्ले बताएका छन् । मनसुनको सुरुवाती महिनामा नै औसतभन्दा धेरै वर्षा भएको छ।








