
पाल्पा ।
पाल्पाको चरचरेमा टिपर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे कालिमाटीमा बुधबार बिहान चुनढुंगा बोकेर बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।



लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परेर चालक पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोटका ३६ वर्षिय सुदीप गैरे गम्भिर घाइते छन्। गैरेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भै रहेको छ ।
सडकबाट करिब एक सय ५० मिटर तल तिनाउ नदीमा टिपर खसेर डुबेको अवस्थामा भेटिएकोले सहचालक वा अरू कोही उक्त टिपरमा भए नभएकोबारे खोजी भइरहेको प्रहरीको भनाई छ ।









